२०८१ कात्तिक २६ गते
काठमाडौ । सोमबार पनि सुन–चाँदीको भाउ घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको नेपाल सुन–चाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार छापावाल सुनको भाउ १ लाख ६६ हजारमा कारोबार भएको थियो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ ।
सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ६० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया