२०८१ कात्तिक २५ गते
काठमाडौ । आइतबार सुन–चाँदीको भाउ घटेको छ । सुन प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । शुक्रबार छापावाल सुनको भाउ १ लाख ६६ हजार ५ सय रुपैयाँ मा कारोबार भएको थियो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको भाउ प्रतितोला १ हजार ९ सय ८० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ६८४.६४ डलरमा र चाँदी प्रतिऔंस ३१. ३ डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया