स्ट्यान्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा

२०८० कात्तिक १३ गते

स्ट्यान्डर्ड चार्टर्ड बैंकको नगद लाभांश घोषणा

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ ।

बैंकले करसहित १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले १९ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।यो लाभांश बैंकको आगामी साधारणसभा र राष्ट्र बैंकको स्वीकृति पश्चात प्रदान गरिने बैंकले जनाएको छ ।

Advertisement:

Ad
Ad

यसअघि गत आर्थिक वर्ष बैंकले करसहित कुल १६.५१ प्रतिशत नगद लाभांश प्रदान गरेको थियो ।विगतको लाभांश इतिहास हेर्दा स्ट्यान्डर्ड चार्टर्ड बैंकले बोनस सेयरभन्दा नगद लाभांशलाई जोड दिने गरेको देखिन्छ ।