शिवम् सिमेन्टको खुद नाफा २५ करोड, कस्ता छन् अन्य वित्तीय सूचकहरु ?

२०८१ साउन २७ गते

शिवम् सिमेन्टको खुद नाफा २५ करोड, कस्ता छन् अन्य वित्तीय सूचकहरु ?

काठमाडौँ । शिवम् सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रुपमा घटेको छ। यस अवधिमा कम्पनीले आम्दानी बढाउन नसक्दा खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ ।

कम्पनीले गत आवको असार मसान्तसम्म २५ करोड २ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । कम्पनीले सिमेन्ट बिक्रीबाट ७ अर्ब ७० करोड रुपैयाँ कमाएको छ । यो रकम अघिल्लो आवको ७ अर्ब ७५ करोड रुपैयाँको तुलनामा ०.५८ प्रतिशतले कम हो ।

Advertisement:

Ad
Ad

समिक्षा अवधिमा कम्पनीको अघिल्लो आवमा ३६ करोड ३७ लाख रुपैयाँबराबरको रहेको अन्य आम्दानी ४५.४१ प्रतिशतले घटेर १९ करोड ८५ लाख रुपैयाँमा सीमित बनेको छ ।

यस अवधिमा कम्पनीले कुल खर्च भने घटाउन सफल भएको छ । अघिल्लो आवसम्म ९९ करोड ८१ लाख रुपैयाँबराबरको खर्च गरेको कम्पनीले गत आवसम्म ९५ करोड ६३ लाख रुपैयाँबराबरको खर्च गरेको छ ।

५ अर्ब २ करोड ७० लाख रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीले सेयर प्रिमियम रिजर्भका लागि ९५ करोड ६२ लाख रुपैयाँ छुट्टाएको छ । कम्पनीले अन्य रिजर्भका लागि ३ अर्ब ५१ करोड रुपैयाँको व्यवस्था गरेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी४.९८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८९.०२ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूूल्य २३७.८९ रुपैयाँ र तरलता अनुपात १.५६ गुणा कायम भएको छ ।