शेयरबजारप्रति सकारात्मक मौद्रिक नीतिले नेप्से २६ सय अंक माथि, लगानीकर्ता बैंकिङ समूहतर्फ आकर्षित

२०८१ साउन १३ गते

शेयरबजारप्रति सकारात्मक मौद्रिक नीतिले नेप्से २६ सय अंक माथि, लगानीकर्ता बैंकिङ समूहतर्फ आकर्षित

काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार ठूलो अंकले बढेको छ । बजार खुलेको पहिलो १ मिनेट ३३ सेकेन्डमा नै नेप्से सूचक ४ प्रतिशतले बढेपछि सर्किट लागेको थियाे भने त्यसपश्चात खुलेकाे बजारमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो ।  आइतबार कारोबार समयको अन्त्य सम्ममा नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ अंकमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ४.४१ प्रतिशतले बढेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ९ उपसमूहका परिसूचक बढेका छन् भने बाँकि चार उपसमूहका परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचकमा ९.८९ प्रतिशतको उछाल आएको छ । यसै गरी यस दिन एकमात्र घट्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ०.१८ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

आज नेप्से बढेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन १४ अर्ब १३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१८ वटा स्टकको एक लाख ६३ हजार पटकको कारोबारमा १५ अर्ब ८१ करोड रुपैयाँ बराबरको चार करोड तिन लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १४८ वटा कम्पनी बढेका छन् भने ८७ वटा कम्पनी घटेका छन् । त्यसै गरि आठ कम्पनी भने स्थिर रहेका छन् । यस दिन सर्वाधिक बढ्नेमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, सानिमा बैंक, एनएमबि बैंक, प्रभु बैंक, सिटिजन बैंक, ग्लोबल आइएमइ बैंक, प्राइम कमर्सियल बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड, उपकार लघुवित्त, हाथावे इन्भेस्टमेन्ट, एभरेस्ट बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, नबील बैंक, हिमालयन बैंक, निफ्रा, मच्छापुच्छ्रे बैंक र सिद्धार्थ बैंक रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा गणपति लघुवित्त रह्यो जसको शेयरमा ९.३५ प्रतिशतको गिरावट आएको छ ।

आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा कुमारी बैंक रह्यो जसको ३६ करोड १० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि कुमारी बैंक नै रह्यो जसको १७ लाख ६ हजार कित्ता शेयर किनबेच भएको छ ।