शेयर बजारमा ठूलो अंकको गिरावट, पाँच कम्पनीको शेयरमा भने लाग्यो सकारात्मक सर्किट

२०८१ भदौ १९ गते

शेयर बजारमा ठूलो अंकको गिरावट, पाँच कम्पनीको शेयरमा भने लाग्यो सकारात्मक सर्किट

काठमाडौँ । नेपाली शेयर बजारमा बुधबार ठूलो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ विन्दुमा पुगेको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः ३.२० प्रतिशतले घटेको छ ।

यस दिन नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ। यस दिन सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ५.१५ प्रतिशतले घटेको छ। त्यस्तै होटल तथा पर्यटन उपसमूहको परिसूचक ४.४७ प्रतिशतले घटेको छ।

Advertisement:

Ad
Ad

नेप्से परिसूचक घटेसँगै आज कारोबार रकम पनि घटेको छ। मंगलबार १३ अर्ब ५७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३२० स्टकको १ लाख ३७ हजार पटकको कारोबारमा १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको २ करोड ६५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा ३१ वटा कम्पनी बढेका छन् भने २१३ वटा कम्पनी घटेका छन् । त्यसै गरी एक कमपानीको शेयर भने स्थिर रहेको छ।

यस दिन सर्वाधिक बढ्नेमा एक्सल देभ्लपमेन्ट बैंक, वेअन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा कुमारी इक्विटी फन्द रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ।

बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा नेपाल फाइनान्स रह्यो जसको ३० करोड ५२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा अपि पावर कम्पनी  रह्यो जसको ७ लाख १९ हजार कित्ता शेयर किनबेच भएको छ ।