शेयर बजारमा फेरी दोहोरो अङ्कको गिरावट, कारोबार रकममा भने वृद्धि

२०८१ कात्तिक ०७ गते

शेयर बजारमा फेरी दोहोरो अङ्कको गिरावट, कारोबार रकममा भने वृद्धि

काठमाडौँ। बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक २०.४१ अंकले घटेर २६४५.३९  बिन्दुमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः ०.७६ प्रतिशतले बढेको हो ।

नेप्से दोहोरो अंकले घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । मङ्गलबार चार अर्ब १७ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३२४ स्टकको ६५ हजार छ ९१ पटकको कारोबारमा छ अर्ब २७ करोड रुपैयाँ बराबरको एक करोड ५७ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ७६ वटा कम्पनीको शेयर बढेको छ भने १५५ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै १३ वटा कम्पनीको शेयर भने स्थिर रहेको छ ।

Advertisement:

Ad
Ad

बुधबार नेप्सेका १३ उपसमूहमध्ये दुई उपसमूहका परिसूचक बढेका छन् भने अन्य ११ उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक २.३२ प्रतिशतले बढेको छ। त्यस्तै सर्वाधिक घट्नेमा बैंक उपसमूहको रह्यो जसको परिसूचक १.७० प्रतिशतले घटेको छ ।

यस दिन सर्वाधिक बढ्ने स्टकमा आइसिएफसी फाइनान्स रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै सर्वाधिक घट्नेमा महुली लघुवित्त रह्यो जसको शेयर ४.२८ प्रतिशतले घटेको छ ।

बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा आइसिएफसी फाइनान्स रह्यो जसको ४३करोड ३४ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड २ रह्यो जसको १७ लाख ९० हजार कित्ता शेयर किनबेच भएको छ ।