शेयर बजारमा भारी अङ्कको गिरावट, नेप्से परिसूचक २५ सय बिन्दुभन्दा तल

२०८१ असोज ०८ गते

शेयर बजारमा भारी अङ्कको गिरावट, नेप्से परिसूचक २५ सय बिन्दुभन्दा तल

काठमाडौँ। अघिल्लो कारोबार दिनलाई निरन्तरता दिँदै मंगलबार पनि नेप्से परिसूचकमा ५० अङ्कभन्दा बढीको गिरावट आएको छ । यस दिन बजार ५८.९३ अंकले घटेर २४७०.३९ बिन्दुमा बन्द भएको छ। बजार खुलेदेखिनै विभिन्न उतार चढाव बेहोरेको नेप्से अन्ततः २. ३३ प्रतिशतले घटेको छ ।

नेप्से ठूलो अंकले घटे पनि कारोबार रकममा भने वृद्धि भएको छ । सोमबार ५ अर्ब ६६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज भने ३०९ स्टकको ७७ हजार दुई सय ६४ पटकको कारोबारमा ५ अर्ब ६८ करोड रुपैयाँ बराबरको एक करोड ५५ लाख कित्ता शेयर खरिदबिक्री भएको छ। जसमा १० वटा कम्पनीको शेयर बढेको छ र २३३ वटा कम्पनीको शेयर घटेको छ । त्यस्तै एक कम्पनीको शेयर भने स्थिर रहेको छ ।

Advertisement:

Ad
Ad

मंगलबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक घट्नेमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक ४.६०  प्रतिशतले घटेको छ । त्यस्तै सबैभन्दा कम घट्नेमा म्युचुवल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ०.४८ प्रतिशत घटेको छ।

यस दिन सर्वाधिक बढ्ने अप्पर स्यांगे हाइड्रोपावर रह्यो जसको शेयरमा ७.८३ प्रतिशतको वृद्धि भएको छ । त्यस्तै सर्वाधिक घट्नेमा हिमालयन हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

मंगलबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनएलजी इन्स्योरेन्स रह्यो जसको १८ करोड ४१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा प्रभु सेलेक्ट फण्ड रह्यो जसको ८ लाख ४० हजार कित्ता शेयर किनबेच भएको छ ।