२०८३ जेठ १८ गते
काठमाडौं । नयाँ सरकारको बजेट सार्वजनिक पछिको पहिलो कारोबार दिन सेयर बजारले रेड सिग्नल दिएको छ । यसको अर्थ बजेटप्रति लगानीकर्ता विश्वस्त देखिएका छैनन् । सरकारले गत शुक्रबार आगामी आर्थिक वर्षको २०८३/८४ को बजेट घोषणा गरेको थियो ।
त्यसपछिको दुईदिनको सार्वजनिक विदा पछि बजार सोमबार खुल्यो । बजार खुलेदेखिनै घट्न थालेको बजार घटेरै बनद भएको छ ।
सोमबार बजार २६.७२ अंकले घटेर २७५५.३७ विन्दुमा अडिएको छ । यसदिन ५ अर्ब ६१ करोड भन्दा बढीको सेयर खरिदबिक्रि भएको छ । विशेष गरी पुँजीगत लाभकर बजेटले बढाएको छ र त्यसलाई सिमाका आधारमा अन्तिम कर हुने अर्थमन्त्रीले घोषणा गरेका छन् ।
सेयर लगानीकर्ताहरु सिमा तोकिन नहुने भन्दै आलोचना गर्दै आएका छन् । गत बुधबार ६ अर्ब ३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४९ स्टकको ६३ हजार ७१९ पटकको कारोबारमा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार रुपैयाँबराबरको १ करोड ३३ लाख ८३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
नेप्से घटेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन कालिञ्चोक हाइड्रोपावर र नेपाल पुनर्बीमा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो।
प्रतिक्रिया