संसदमा तोसिमाको आक्रोश :  राष्ट्रिय गौरवका योजना वर्षौसम्म अलपत्र राख्दा नेपाली नेपाली विच झडप हुने स्थिती आयो

२०८२ वैशाख ३० गते

संसदमा तोसिमाको आक्रोश :  राष्ट्रिय गौरवका योजना वर्षौसम्म अलपत्र राख्दा नेपाली नेपाली विच झडप हुने स्थिती आयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोषिमा कार्कीले राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं–तराई–मधेश द्रूत मार्गको निर्माण कार्य छिटोभन्दा छिटो सम्पन्न गर्नुपर्ने माग गरेकी छन् । 

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली–नेपालीबीच झडप हुने अवस्था बनेको बन्दै गएको भन्दै परियोजना टुङ्गो लगाउनेगरी काम अगाडि बढाउन माग गरेकी छन् । 
उनले भनिन्, ‘राष्ट्रिय गौरवको योजना भनिएको काठमाडौं तराइ–मधेश द्रूत मार्गको निर्माण सम्पन्न हुन सकेको छैन् । प्रस्थान विन्दुको टुङ्गो लागेको छैन् । वर्षौदेखि स्थानीय नागरिक र निर्माण पक्ष नेपाली सेना पटक पटक विवाद हुने गरेको अवस्था छ । सरकार र सदन दुवैसँग अनुरोध गर्न चाहन्छु, राष्ट्रिय गौरवको योजना भनिने र वर्षौसम्म अलपत्र राख्ने राज्यको प्रवृत्तिका कारण नेपाली नेपालीबीच झडप हुने अवस्था बन्दै गएको छ । त्यहाँका नागरिकसँग समन्वय गरेर परियोजना टुङ्गो लगाउनेगरी काम अगाडि बढाइयोस ।’ 

Advertisement:

Ad
Ad

यस्तै, उनले संसदको सचिवालयमा यही बैशाख १९ गते ध्यानाकर्षण प्रस्ताव दर्ता गरेपनि ११ दिन पुग्दापनि उक्त विषयले संसदमा प्रवेश नपाएको बताइन् ।