सरकारी पत्र हात परेसँगै न्यायका लागि आज सर्वोच्च अदालत जाँदै कुलमान

२०८१ चैत १३ गते

सरकारी पत्र हात परेसँगै न्यायका लागि आज सर्वोच्च अदालत जाँदै कुलमान

काठमाडौँ । आफूलाई पदबाट हटाएको आधिकारिक पत्रको प्रतिक्षामा रहेका विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ आज अदालत जाने तयारीमा छन् ।सरकारको पत्र मंगलबार प्राप्त गरेसँगै आज उनी सर्वोच्च अदालत जान लागेका हुन् ।

२०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि प्राधिकरण प्रमुखमा नियुक्त गरिएका घिसिङको अवधि २०८२ साउन २५ गते सकिँदै थियो । तर कार्यकाल सकिनुभन्दा चार महिना अघि नै चैत ११ गते बेलुका बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई पदमुक्त गरेर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो ।

Advertisement:

Ad
Ad

उनलाई लेखिएको पत्रमा मन्त्रालयसँग गरेको कार्यसम्पादन सम्झौता अनुरुप काम नगरेको पदीय जिम्मेवारी अनुरुपका कामहरु नगरेको जस्ता आरोप लगाइएका छन् ।