सरकारी कर्मचारीको तलब नबढ्ने

२०८१ जेठ १५ गते

सरकारी कर्मचारीको तलब नबढ्ने

काठमाडौं । सरकारी कर्मचारीको तलब नबढ्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आज संसदमा प्रस्तुत गर्ने बजेटले कर्मचारीको तलब नबढाउने भएको हो ।

निजामति सेवा ऐनमा प्रत्येक ३ वर्षमा कर्मचारीको सेवा सुविधा पुनरावलोकन गरिने उल्लेख भए अनुसार कर्मचारीका संगठनहरुले लबिइङ गरिरहेका थिए । तर, स्रोतको अभावका कारण यो वर्ष कर्मचारीको तलब बढाउन नसकिने निष्कर्षमा सरकार पुगेको हो ।

Advertisement:

Ad
Ad

यो वर्ष तलब बढाउनु पर्ने भए पनि आर्थिक स्रोत अभावले तलब बढाउने कुरा थाती राखिएको अर्थमन्त्रालय स्रोतले जनाएको छ ।