संसद् भवन परिसरमा प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

२०८१ असार ०५ गते

संसद् भवन परिसरमा प्रहरी जवानद्वारा गोली हानी आत्महत्या

काठमाडौँ। नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए ।

Advertisement:

Ad
Ad

प्रहरी जवान गोेलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले जानकारी दिए । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।