सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

२०८१ कात्तिक ०२ गते

सन्दीप लामिछानेले पाए अमेरिकाको भिसा

काठमाडौँ।  नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई अन्ततः अमेरिकाले भिसा दिएको छ ।  नेपाल क्रिकेट संघ(क्यान) ले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै सन्दीपको भिसा स्विकृत भएको जानकारी दिएको थियो। उनी अमेरिकामा हुने विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्न आजै बेलुका प्रस्थान गर्नेछन् ।

नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच कात्तिक ९ देखि १९ गतेसम्म त्रिकोणात्मक सिरिज हुनेछ। यसअघि पटक पटक प्रयास गर्दा पनि सन्दीपले अमेरिकाको भिसा पाएका थिएनन् । जसका कारण उनले अमेरिकामा भएको टि ट्वान्टी विश्व कपको अमेरिकामा भएका खेल गुमाएका थिए।

Advertisement:

Ad
Ad