रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा लगियो

२०८१ कात्तिक २७ गते

रास्वपा सभापति रवि लामिछानेलाई भैरहवा लगियो

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भैरहवा लगिएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको वचत अपचलन आरोपमा कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई बुटवलको सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धान गर्न भैरहवा लगिएको हो ।

Advertisement:

Ad
Ad

लामिछानेलाई आज विहानै पोखराबाट भैरहवा ल्याउने तयारी गरिएको भए पनि मौसम प्रतिकुल भएपछि मध्याह्नपछि मात्र उडान भएको थियो ।

लामिछानेलाई भैरहवा ल्याउँदा उनका समर्थकले विमानस्थलअघि नाराबाजीसहित प्रदर्शन गरेका छन् ।