रास्वपाले स्वीकृत गर्यो सुमना र अनिलकेशरीको राजीनामा

२०८२ जेठ ११ गते

रास्वपाले स्वीकृत गर्यो सुमना र अनिलकेशरीको राजीनामा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले सहमहामन्त्री पदबाट सुमना श्रेष्ठले दिएको राजीनामा र पार्टीकै प्रशिक्षण विभाग प्रमुख अनिलकेशरी शाहले दिएको राजीनामा स्वीकृत भएको छ ।

रास्वपाको आइतबार बसेको केन्द्रिय कमिटी बैठकले दुवैको राजीनामा स्वीकृत गरेको हो । श्रेष्ठले गत ४ वैशाखमा राजीनामा बुझाएकी थिइन् ।एक व्यक्ति दुई पदमा बस्न नहुने भन्दै श्रेष्ठले राजीनामा दिएकी थिइन् । उनी प्रतिनिधिसभा सांसद पनि हुन् ।त्यस्तै पूर्व बैंकर अनिल केशरी शाहले आफू पार्टीमा रहने तर प्रशिक्षण विभाग प्रमुख नरहने उद्भोष गर्दै राजीनामा बुझाएका थिए । 

Advertisement:

Ad
Ad