राप्ती नदीको सतहले खतराको चिन्ह नाघ्यो

२०८१ असार २२ गते

राप्ती नदीको सतहले खतराको चिन्ह नाघ्यो

बाँके। अविरल वर्षाका कारण राप्ती नदीमा पानीको सतह बढेको छ । बाँकेको कुसुमस्थित राप्ती नदीमा पानीको सतहले खतराको चिन्ह पार गरेको हो । शनिबार बिहान १०ः३० बजे गरिएको मापन अनुसार पानीको सतह ५.७५ मिटरभन्दा माथी पुगेको छ ।

नदीको जल सतह अझै बढ्दो क्रममा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । उनले राप्तीमा पानीको सतह बढेपछि सिक्टा सिचाई आयोजनाका ११ वटै ढोका खोलिएको जानकारी दिए । ‘सिक्टा सिचाई आयोजनाका ११ वटै ढोका खोल्न लगाएका छौँ, ढोका खुलिसकेका छन् अब केही खतरा कम हुने अनुमान गरिएको बताए।

Advertisement:

Ad
Ad