राजधानी कब्जा गर्न लडाकु समूह अघि बढेपछि सिरियाका राष्ट्रपति भागे

२०८१ मंसिर २३ गते

राजधानी कब्जा गर्न लडाकु समूह अघि बढेपछि सिरियाका राष्ट्रपति भागे

एजेन्सी । सिरियामा विद्रोही समूह र सरकार पक्षीय सेनाबीचको द्वन्द्व जारी रहँदा राष्ट्रपति बसर अल असदले राजधानी छोडेर भागेको दाबी गरिएको छ । सीएनएनका अनुसार विद्रोही लडाकुहरूले राजधानी दमास्कसमा प्रवेश गरेका छन्। पछिल्लो एक हप्तामा विद्रोहीहरूले सिरियाका चार प्रमुख सहर (अलेप्पो, हामा, होम्स, र दारा)लाई कब्जा गरेका छन्।

केही सञ्चारमाध्यमहरूले असद र उनको परिवार रसियामा शरण लिएर बसेको जानकारी दिएका छन्।द्वन्द्वका कारण अहिलेसम्म ३ लाख ७० हजार मानिस विस्थापित भएका छन्। विद्रोही लडाकुहरूले डिसेम्बर ६ मा दारा सहर कब्जा गरेका थिए, जहाँ सन् २०११ मा असदविरुद्धको विद्रोह सुरु भएको थियो।

Advertisement:

Ad
Ad

अलेप्पो, हामा, र होम्सका सहरहरू अहिले इस्लामिक उग्रवादी समूह हयात तहरीर अल–शामको नियन्त्रणमा छन्।

प्रतिक्रिया

सम्बन्धित खबर