२०८१ चैत २७ गते
काठमाडौँ । आफूलाई राष्ट्रवादी सामाजिक अभियन्ता बताउने दुर्गा प्रसाइँले भूमिगत स्थानबाटै राजावादी आन्दोलनका क्रममा मृत्यु भएकाका परिवारलाई पाँच पाँच लाख दिने घोषणा गरेका छन् । चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा भडकिएको दंगा र हिंसाको मतियारको आरोप लगाएर सरकारले पक्राउ गर्ने भएपछि फरार रहेका प्रसाइँले बुधबार भूमिगत अवस्थाबाटै एक भिडियो सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् ।
उनले भिडियोमा भनेका छन् , हामी देश जोगाउने अभियानमा लागेका हौँ,कसैलाई मार्ने उद्देश्य होइन, त्यो दिन सरकारले नै योजनाबद्ध घुषपैठ गर्यो र सोच्दै नसोचेको घटना हुन पुग्यो । प्रसाइँले अगाडि भनेका छन्,यदि मानवअधिकारवादीहरुको रोहबर हुन्छ भने म चौबिस घण्टाभित्र सार्वजनिक हुन तयार छु ।
प्रतिक्रिया