पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर भारतीय कृषिमा, मलको संकट चुलियो

२०८३ जेठ ३० गते

पश्चिम एसियामा बढ्दो द्वन्द्वको असर भारतीय कृषिमा, मलको संकट चुलियो

एजेन्सी । पश्चिम एसिया अर्थात मध्यपूर्वमा बढ्दो द्वन्द्वले विश्वव्यापी आपूर्तिमा झट्का दिइरहेका बेला भारतको कृषि क्षेत्रमा त्यसको असर देखिएको छ । विशेषगरी मलको अभाव र इन्धनको बढ्दो मूल्य जस्ता समस्याहरूको कारणले लागत पनि बढीरहेको छ ।

 

Advertisement:

Ad
Ad

भारतीय किसानहरूका अनुसार युरिया जस्ता आधारभूत मलको गम्भीर अभावको सामना गर्नु परिरहेको छ । केही क्षेत्रहरूमा स्थानीय कृषि अधिकारीहरूले संकटलाई सम्बोधन गर्न विकल्पहरु पनि अपनाएका छन् ।

 

‘कृषि क्षेत्रले युरिया र डायमोनियम फस्फेटको आपूर्तिमा कटौतीको सामना गरिरहेको छ । पहिले, हाम्रो गाउँको प्रत्येक घरपरिवारले दुई प्रकारका मलका १० देखि २० बोरा प्राप्त गर्न सक्थ्यो । अब कोटा घटाएर एक वा दुई बोरामा झारिएको छ । स्थानीय कृषि सहकारीहरूले पनि युरिया सकिएको बताएका छन्,’ स्थानीय किसान जगदीप सिंहले भने । 

 

आपूर्ति शृङ्खला अवरोधले भारतको मल र कीटनाशक उत्पादनको लागि कच्चा पदार्थको आयातमा पनि असर पारेको छ र यसले अन्य मलको मूल्य बढाएको छ।भारतको महाराष्ट्रका कृषि आपूर्ति व्यवसायीहरूले स्थानीय किसानहरूको अवस्था अझ बिग्रिएको बताएका छन्।

‘कीटनाशक उत्पादनका लागि धेरैजसो कच्चा पदार्थ आयात गरिन्छ । मध्यपूर्व द्वन्द्वका कारण आयातमा बारम्बार अवरोध आइरहँदा कीटनाशकको मूल्य २० प्रतिशतले बढेर २५ प्रतिशत पुगेको छ । अपर्याप्त आयातका कारण डायमोनियम फस्फेट र युरिया पूर्ण रूपमा मौज्दातमा छैनन् र अन्य मिश्रित मलको मूल्य पनि बढेको छ, जसले गर्दा किसानहरूको लागि लागत किन्न नसकिने स्तरमा पुगेको छ,’ कृषि आपूर्ति व्यापारी राजेन्द्र वाघले भने।

 

कृषि विश्लेषकहरूले अन्तर्राष्ट्रिय बजारमा बढ्दो ऊर्जा मूल्यले यान्त्रिक कृषि उत्पादनको लागत पनि बढाएको छ ।‘मध्यपूर्व द्वन्द्वले पेट्रोल, डिजेल र प्राकृतिक ग्यासको मूल्य बढाएको छ । फलस्वरूप, हाम्रो क्षेत्रमा यातायात लागत तीव्र गतिमा बढेको छ, जसले गर्दा ट्रयाक्टर जस्ता कृषि मेसिनरी प्रयोगको लागत, साथै श्रम लागत पनि बढेको छ,’ लासुरस्थित कृषि उत्पादन बजार समितिका उपाध्यक्ष अनिल राजारामले भने।

कृषि उत्पादनको बढ्दो लागत अन्ततः उपभोक्ताहरूको टाउकोमा थुप्रिएकाले कृषि उत्पादनहरूको बढ्दो मूल्यको सामना गर्नुपर्ने अवस्था आएको छ । 

‘मलको अभावले बाली उत्पादन घटाउनेछ । उत्पादन घटेपछि बजारमा कम अन्न देख्नेछ। कडा आपूर्तिले अन्नको मूल्य बढ्ने सम्भावना छ र बढ्दो इन्धनको मूल्यले पनि मूल्य बढाउनेछ, जसले गर्दा साधारण मानिसहरू कठिन परिस्थितिमा पर्नेछन्,’ स्थानीय अन्न बजारका निर्देशक दीपक चान्डलीले भने।(सीसीटीभीप्लस)