२०८३ असार ०८ गते
काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् ।
पार्टीको चुनावी समीक्षा एवं पुनर्गठन कार्यदलको सुझाव संकलनको प्रदेशस्तरीय कार्यक्रममा सुर्खेत पुगेका पौडेललाई सोही ठाउँबाट पक्राउ गरिएको हो ।
उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरिएको बताइएको छ ।
पौडेललाई पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागले ललितपुरको भैंसेपाटीस्थित उनको निवासमा छापा मारेको थियो ।
प्रतिक्रिया