राष्ट्र बैंकमा शिुश स्याहार केन्द्र बनाउन छानियो एएसके इन्टरनेशनल, पौने २६ लाखमा निर्माण हुने

२०८३ असार ०९ गते

राष्ट्र बैंकमा शिुश स्याहार केन्द्र बनाउन छानियो एएसके इन्टरनेशनल, पौने २६ लाखमा निर्माण हुने

काठमाडौं । नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यालय बालुवाटारमा शिशु स्याहार केन्द्र निर्माणका लागि एएसके इन्टरनेशनल प्रा.लि कागेश्वरी मनोहरा छनौट भएको छ ।

बालुवाटारस्थित ब्लक “ए” भवनको भुई तल्लाको पश्चिम तर्फको भागमा शिशु स्याहार केन्द्र निर्माण कार्य खरिदको लागि सार्वजनिक खरिद अनुगमन कार्यालयले सञ्चालनमा ल्याएको विद्युतीय खरिद प्रणाली मार्फत यहि जेठ १२ मा बोलपत्र आह्वान गरिएको थियो । रीतपूर्वक पेश हुन आएका बोलपत्रहरुमध्येबाट एएसके  छनौट भएको हो ।

Advertisement:

Ad
Ad

अब एएसकेले मूल्य अभिबृद्धि कर र प्रोभिजनल समसहित पच्चीस लाख उनान्नब्बे हजार नौ सय तीन रुपैयाँ  पचहत्तर पैसामा शिशु स्याहार केन्द्र निर्माण गर्नेछ । 

केन्द्रिय बैंकले बोलपत्र आह्वान गर्दा  मूल्य अभिवृद्धि कर (भ्याट) र प्रोभिजनल समसहित कुल ३४ लाख ९४ हजार ४३३ रुपैयाँ ९९ पैसा अनुमानित लागत तोकेको थियो । केन्द्रिय बैंकले तोकेको भन्दा निकै कममा बोलपत्र प्राप्त भएको थियो । 
कार्यालय समयमा कर्मचारीका बच्चाहरूको सुरक्षित हेरचाह र व्यवस्थापनमा शिशु स्याहार केन्द्रले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।