२०८१ साउन २७ गते
काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्सेमा ठूलो उछाल आएको छ । यस दिन नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतार चढाव व्यहोरेको नेप्से अन्ततः ३.४१ प्रतिशतले बढेको हो ।
यस दिन नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहका परिसूचक बढेका छन् । आइतबार सर्वाधिक बढ्नेमा जीवन बीमा उपसमूह रह्यो जसको परिसूचक ४.५५ प्रतिशतले वृद्धि भएको छ । यस दिन लगानिकर्तामाझ लघुवित्त सेक्टरको पनि राम्रै आकर्षण रह्यो जसको परिसूचक ४.४० प्रतिशतले बढेको छ। यसै गरी सबैभन्दा कम बढ्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक ०.०१ प्रतिशतले मात्र बढेको छ।
आज नेप्सेसंगै कारोबार रकम पनि बढेको छ । यस दिन २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्रि भएको जुन अहिले सम्मकै बढी हो । अघिल्लो कारोबार दिन २० अर्ब ७ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३३० वटा स्टकको दुई लाख ७५ हजार पटकको कारोबारमा २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको ६ करोड कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २२५ वटा कम्पनी बढेका छन् भने १५ वटा कम्पनी घटेका छन् । त्यस्तै दुई कम्पनी भने स्थिर रहेका छन् । यस दिन सर्वाधिक बढ्नेमा नेसनल हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, शुभम पावर,अप्पर तामाकोशी हाइड्रोपावर, एचआइडीसिएल, युनाइटेड इदी मार्दी हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, नेरुड़े मिर्मिरे लघुवित्त, रिणी पावर, अरुण भ्याली हाइड्रोपावर, आँखु खोला हाइड्रोपावर, अरुण काबेली हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, र आत्मनिर्भर लघुवित्त रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा कुथेली बुखारी स्मल हाइड्रोपाव रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड रह्यो जसको एक अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा अप्पर तामाकोशी रह्यो जस्को १६ लाख ९४ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया