नेप्सेमा चार प्रतिशतको वृद्धि, कारोबार रकम भने घट्यो

२०८१ साउन २३ गते

नेप्सेमा चार प्रतिशतको वृद्धि, कारोबार रकम भने घट्यो

काठमाडौं । मंगलवार १४५.०६ अंकको करेक्सन बेहोरेको नेप्से बुधबार भने ठूलै अंकले बढेको छ । यस दिन नेप्से १०८.३५ अंकले बढेर २७५९.६७ अंकमा बन्द भएको छ ।  बजार खुलेदेखिनै विभिन्न उतार चढाव  व्यहोरेको नेप्से अन्ततः ४.०८ प्रतिशतले बढेको हो ।

यस दिन नेप्सेमा १३ उपसमूहमध्य १३ वटै उपसमूहका परिसूचक बढेका छन् । मंगलबार सर्वाधिक बढ्नेमा अन्य उपसमूह रह्यो जसको परिसूचक ७.८९ प्रतिशतले वृद्धि भएको छ । यस दिन लगानिकर्तामाझ फाइनान्स सेक्टरको पनि राम्रै आकर्षण रह्यो जसको परिसूचक ७.६३ प्रतिशतले बढेको छ। यसै गरी सबैभन्दा कम बढ्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक १.०१ प्रतिशतले मात्र बढेको छ।

Advertisement:

Ad
Ad

आज नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३३० वटा स्टकको दुई लाख १२ हजार पटकको कारोबारमा १७ अर्ब ९५ करोड रुपैयाँ बराबरको तिन करोड ८० लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा २३९ वटा कम्पनी बढेका छन् भने ३ वटा कम्पनी घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा गुडविल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, नेपाल रिइन्स्योरेन्स, डोल्टी पावर, सम्वृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, कुठेली बुखारी हाइड्रोपावर, बोटलर्स नेपाल तराई, मैलुंग खोला जलविद्युत कम्पनी र सिटि होटेल रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा एनआइसी एसिया डिबेन्चर रह्यो जसको शेयरमा ३.८२ प्रतिशतको गिरावट आएको छ ।

बुधबार सर्वाधिक रकमको कारोबार गर्नेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड रह्यो जसको एक अर्ब ५३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जस्को १६ लाख ९४ हजार कित्ता शेयर किनबेच भएको छ ।