नेप्से परिसूचक आज ९.५० अंकले बढ्यो

२०८० पुस २५ गते

नेप्से परिसूचक आज ९.५० अंकले बढ्यो

काठमाडौँ   मंगलबार नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४५ प्रतिशतले बढ्न पुगेको हो ।

बजारमा आज ५.१३ अर्व रुपैयाँ भन्दा बढीको किनबेच भएको छ । जसमा ११८ कम्पनी बढेका छन् भने ११८ कम्पनी घटेका छन् । यसैगरी ११ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । शेयर बजार बढे संगै मनकामना स्मार्ट लघुवित्तको शेयरमा १० प्रतिशतको उछाल आएको छ । त्यस्तै तिन दिन अघि मात्रै दोस्रो बजारमा प्रवेस गरेको हिमालयन रिइनस्युरेन्स कम्पनीको शेयरमा आज पनि लगातार सकारात्मक सर्किट लागेको छ ।

Advertisement:

Ad
Ad

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स रह्यो भने सर्वाधिक शेयर कारोवार गर्ने कम्पनीमा पनि सोनापुर मिनेरल्स रह्यो ।