नेपाली कला र शैली झल्काउने होटल हायात रिजेन्सी (फोटोफिचर)

२०८१ मंसिर ०३ गते

नेपाली कला र शैली झल्काउने होटल हायात रिजेन्सी (फोटोफिचर)

काठमाडौँ । नेपाली कला र शैली झल्काउने गरी निर्माण भएको काठमाडौँको बौद्धस्थित ३०३ कोठाको नेपालकै सबैभन्दा ठूलो होटल हायात रिजेन्सी गुणस्तरीय पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । तारागाउँ कल्चरल सेन्टरको अवधारणामा निर्माण गरिएको यस होटलले दुई दशकभन्दा लामो समयदेखि नेपालको पर्यटन क्षेत्रमा 'हाइ इन्ड' पर्यटकमार्फत महत्वपूर्ण योगदान पुर्‍याइरहेको र करिब ३२५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरिरहेको छ ।

Advertisement:

Ad
Ad

दश बर्षे द्वन्द्व सुरु हुनुभन्दा अघि परिकल्पना गरी निर्माण सुरु भएको होटल द्वन्द्व चरम उत्कर्षमा रहेको समयमा सन् २००० बाट सञ्चालनमा आएको थियो ।

अप्ठ्यारो राजनीतिक र आर्थिक परिस्थितिबीच होटलको सञ्चालन केही वर्ष घाटामै रहेको र मुलुकमा शान्ति स्थापना भएपछि छोटो समयमा नाफामा जान सक्षम भएको छ ।