नेपाल एसबिआई बैंकले ७ प्रतिशत ब्याजदरमा ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

२०८१ जेठ १४ गते

नेपाल एसबिआई बैंकले ७ प्रतिशत ब्याजदरमा ३ अर्बको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ३ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले उक्त रकम बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न अनुमति माग्दै जेठ २ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

१० वर्षे अवधिको उक्त ऋणपत्रको ब्याजदर भने ७ प्रतिशत रहेको उल्लेख छ । बैंकको ऋणपत्र विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बैंकको उल्लेखित कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डको स्वीकृति आवश्यक भएकाले निवेदन प्रक्रिया अघि बढेको हो ।

Advertisement:

Ad
Ad