नेपाल एअरलाइन्सका उडान अस्तव्यस्त : ३ वटा अन्तर्राष्ट्रिय उडानका जहाज ग्राउण्डेड, बाँकी एउटाले उडान धान्नै समस्या

२०८१ भदौ १३ गते

नेपाल एअरलाइन्सका उडान अस्तव्यस्त : ३ वटा अन्तर्राष्ट्रिय उडानका जहाज ग्राउण्डेड, बाँकी एउटाले उडान धान्नै समस्या

काठमाडौँ । नेपाल वायु सेवा निगमको व्यवस्थापनको अकर्मण्यताका कारण निगम चरम धराशायी बन्न पुगेको छ । यति खेर वायुसेवा निगमको ३ वटा अन्तर्राष्ट्रिय उडानका जहाज ग्राउण्डेड अर्थात थन्किएका छन् । एयरबस ए३३० नामकको ९एन एएलवाई कलसाइनको जहाज असार ९ गतेदेखि इटलीको एटीटेक एसपीएमा सिचेक गर्ने भन्दै मर्मतकै अवस्थामा रहेको छ भने निगमको एउटा न्यारोबडी भदौ ८ गतेदेखि ग्राउन्डेड छ । त्यस्तै अर्को एउटा ए३३० नामक ९एन एएलजेड कलसाइनको वाइडबडि जहाजसमेत सिचेकेकै लागि इटली पुग्दैछ । निगमसँग अन्तर्राष्ट्रिय उडानमा भएका ४ वटा जहाजमध्ये एकैपटक ३ वटा ग्राउण्डेड हुँदा अब निगमसँग ए३२० को ९एन एकेएक्स कलसाइनको मात्रै जहाज बाँकी छ । एउटा जहाजले ४ वटाको गन्तव्य धान्न नसक्ने हुँदा पछिल्लो समय निगमको उडान अस्तव्यस्त भएको छ ।

वायुसेवा निगमका अनुसार मंगलबार बिहान काठमाडौंबाट हङकङ जानुपर्ने निगमको एक न्यारोबडी जहाज लापरवाहीपूर्ण तरिकाले मर्मत गरेको भन्दै ग्राउण्डेड भएपछि यसले गर्ने उडान तालिका प्रभावित भएको हो । निगमले दुई वटा वाइडबडी सीचेकमा पठाउने भएपछि बुधबारदेखि न्यारोबडीको मात्रै उडान तालिका बनाएको थियो । त्यसमा पनि एउटा मात्रै उडेका कारण यसका अरु उडान प्रभावित हुँदा दैनिक ५ सय यात्रुलाई समस्या परिरहेको निगमकै कर्मचारीको भनाइ छ ।

Advertisement:

Ad
Ad

वायुसेवा निगका प्रवक्ता रमेश पौडेलले भने निगमले नियमसंवत र प्राविधिकले तोकिएको स्यार्ण्डड अनुसार नै मर्मत गरेको जहाज प्राधिकरणको निरीक्षणका क्रममा दुई दिनदेखि रोकिएको बताए । उक्त जहाज बुधबार साँझसम्ममा रिलिज भए तुरुन्तै नियमित उडानमा आउने पनि बताए ।

प्रवक्ता पौडेलले निगमका प्राविधिक कर्मचारीले जहाज मर्मतमा कुनै सम्झौता नगरेर र तोकिएकै स्तरमा मर्मत भएको जानकारी दिएको बताए । उनले भने ‘वाइडबडी दुईवटै सीचेकमा परेको र एउटा न्यारोबडीको उडान रोकिएकोले एउटा न्यारोबडीले मात्रै उडान थान्न समस्या भइरहेको छ । छिट्टै नै सीचेकका लागि इटालीमा थन्किएको जहाज ल्याउने प्रक्रियामा लाग्ने छौँ ।