नेपाल भ्रमणमा रहेका यूएन महासचिव गुटेरेसले संसदको संयुक्त बैंठकलाई सम्बोधन गर्ने

२०८० कात्तिक १४ गते

नेपाल भ्रमणमा रहेका यूएन महासचिव गुटेरेसले संसदको संयुक्त बैंठकलाई सम्बोधन गर्ने

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आज प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । नेपाल भ्रमणमा रहेका गुटेरेसले आज अपराह्न ४ बजे संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ। विश्वकै महत्वपूर्ण भूमिका र पदमा रहेका गुटेरसले नेपालको संसदमा गर्ने सम्बोधनलाई विशेष चासोका साथ हेरिएको छ ।

गुटेरसको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटेरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्नेछ। महासचिव गुटेरेसको सम्बोधनको संघीय संसद् सचिवालयले नियमित बैठकहरूको जस्तै अभिलेख राख्नेछ।

Advertisement:

Ad
Ad