२०८२ जेठ ०९ गते
काठमाडौ । नेपालका १० वटा वाणिज्य बैंकहरुको सम्पतिको गुणस्तर परीक्षण परिक्षण गर्ने जिम्मा बंगलादेशी कम्पनीले पाएको छ । लोन पोर्टफोलियो रिभ्यू गर्नका लागि नेपाल राष्ट्र बैंकले बंगलादेशी कम्पनीलाई छनोट गरेको हो ।
अब बंगलादेशको ढाकास्थित हाउलादर युनुस एन्ड कम्पनीले नेपालका वाणिज्य बैंकहरुको सम्पतिको गुणस्तर परीक्षण गर्नेछ । गुणस्तर परीक्षणका गर्नका लागि हाउलादर र श्रीलंका र भारतका अन्य ५ कम्पनीहरु सर्टलिस्टमा परेका थिए । यो कम्पनीले अन्तरराष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार नेपाल राष्ट्र बैंकले तेस्रो पक्षमार्फत् बढी कर्जा प्रवाह गर्ने नेपालका शीर्ष १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्नेछ ।
विस्तारित कर्जा सुविधा पाउन नेपालले गर्नुपर्ने क्रमबद्ध सुधार तालीकाअन्तरर्गत २०२४ जनवरी १२अघि नै लेखापरिक्षण सक्नुपर्ने थियो । तर समयमै यो काम हुन सकेन । लामो समयदेखि नेपाली बैंकको कर्जा गुणस्तरको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आएको आईएमफको दबाबमा एकअर्कासँग गाभिएर ठूलो भएका बैंकहरुको अन्तर्राष्ट्रिय अडिट हुन लागेको हो ।
प्रतिक्रिया