न्यूरोडका व्यवसायीहरू सटर बन्द गरेर आन्दोलनमा

२०८० माघ ०९ गते

न्यूरोडका व्यवसायीहरू सटर बन्द गरेर आन्दोलनमा

काठमाडौं । न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन् ।

काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि आफ्नो व्यापार सुक्ने भन्दै व्यापारीहरु सडकमा आन्दोलनमा उत्रिएका हुन् ।

Advertisement:

Ad
Ad

अहिले त्यहाँका व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले विरोध जनाएका हुन् ।

धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोक तर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरेको महानगरले जनाएको छ ।