मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले ?

२०८२ असोज २७ गते

मुक्तिनाथ कृषि कम्पनीको लाभांश घोषणा, कति पाउँदै छन् लगानीकर्ताले ?

काठमाडौँ। मुक्तिनाथ कृषि कम्पनीले आर्थिक वर्ष २०८१/८२ का लागि  लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्तापुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश सहित कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Advertisement:

Ad
Ad

लाभांश वितरण र वार्षिक साधारणसभा (एजीएम) का प्रयोजनका लागि कम्पनीले कात्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले आफ्नो सातौँ वार्षिक साधारणसभा आगामी कात्तिक २१ गतेका लागि आव्हान गरेको छ।