काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले आफ्ना शेयरधनिलाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष ७९/८० को मुनाफा बाट चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) दिने निर्णय गरेको हो ।
पुस १३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट प्रस्ताव स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेमा सो नगद लाभांश वितरण गरिनेछ।
प्रतिक्रिया