माथिल्लो अरुणमा सवा १ खर्ब ऋण लगानी गर्न विश्व बैंकको टोली वार्ता गर्न नेपाल आउने

२०८० कात्तिक ११ गते

माथिल्लो अरुणमा सवा १ खर्ब ऋण लगानी गर्न विश्व बैंकको टोली वार्ता गर्न नेपाल आउने

काठमाडौं । माथिल्लो अरुण आयोजनाका लागि ऋणदिन तयार भएको विश्व बैंकको हाइलेवलु टोली पुनः नेपाल आउने भएको छ। गत साता अर्थसचिव डा. कृष्णहरि पुष्करसहितको टिमले १ खर्ब ३० अर्ब ऋण लगानीका लागि विस्तृत वार्ता न्यूयोर्कमा गरेको थियो।

अरुण तेस्रो जलविद्युत् आयोजनाबाट हात झिकेर गएको विश्व बैंक २८ वर्षपछि १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा ऋण लगानी गरेर अरुण तेस्रोबाट बाहिरिएपछि आकर्षक र अर्थपूर्ण जलविद्युत परियोजनाको खोजीमा रहेको विश्व बैंकका लागि माथिल्लो अरुण उपयुक्त भएका कारणले पनि लगातार चासो देखाएको थियो। संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने १ हजार ६१ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा विश्व बैंकले पछिल्ला एक दशकयता लगातार चासो दिइरहेको छ।

Advertisement:

Ad
Ad