मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

२०८१ चैत २५ गते

मन्त्रिपरिषद्को बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं । आज मन्त्रिपरिषदको बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।

आजको बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने सम्भावना रहेको छ । महाप्रसाद अधिकारीको कार्यकाल हिजोदेखि नै सकिएको छ ।

Advertisement:

Ad