महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५ लाख ६२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

२०८१ असार ०६ गते

महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५ लाख ६२ हजारभन्दा बढी कित्ता संस्थापक शेयर लिलामीमा

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ५ लाख ६२ हजार ४२५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीले मात्र खरीद गर्न पाउने गरी १ लाख ३८ हजार ७०० कित्ता र अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी ४ लाख २३ हजार ७२५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

सर्वसाधारण लगानीकर्ताले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि आगामी ७ दिनभित्र र विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ । विद्यमान संस्थापक शेयरधनीहरूले तोकिएको अवधिभित्र यी शेयर खरीदका लागि आवेदन नदिएमा अन्य व्यक्ति तथा संस्थामा उक्त शेयर विक्री गरिने जानकारी कम्पनीले दिएको छ ।

Advertisement:

Ad
Ad

इच्छुक खरीदकर्ताहरूले दुबै तर्फको शेयर खरीदका लागि कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।