माछापुच्छ्रे बैंकलाई 'क्रेडिट कार्ड' र 'पीओएस मेसिन प्रवर्धन गरे बापत दुई वटा अवार्ड

२०८० पुस १३ गते

माछापुच्छ्रे बैंकलाई 'क्रेडिट कार्ड' र 'पीओएस मेसिन प्रवर्धन गरे बापत दुई वटा अवार्ड

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा दुई वटा अवार्ड पाएको छ। बैंकले पेमेन्ट्स एक्सिलेन्स अवार्ड्स २०२३ मा दुई वटा अवार्ड हात पारेको हो।

एक्सिलेन्स इन क्रेडिट कार्ड्स र एक्सिलेन्स इन पीओएस एक्‍वायरिङ अवार्डबाट बैंक सम्मानित भएको हो।भिसा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित एक लिडरसिप कन्क्लेभ कार्यक्रममा बैंकलाई यी दुई अवार्डहरु प्रदान गरिएको हो। माछापुच्छ्रे बैंकलाई भिसा सदस्यमध्ये एसोसिएट सदस्यतर्फ क्रेडिट कार्ड र पीओएस मेसिन प्रवर्धनमा उत्कृष्ट भएकाले उक्त अर्वाड प्रदान गरिएको बताइएको छ।

Advertisement:

Ad
Ad

बैंकले नगदरहित बैकिङ कारोबारलाई बढावा दिँदै पहिलो स्मार्ट बैंकको रुपमा आफूलाई स्थापित गर्ने लक्ष्यमा निरन्तर अगाडि बढिरहेको जानकारी दिएको छ।