लगातार वर्षाले नेपालगन्ज जलमग्न

२०८१ असार २३ गते

लगातार वर्षाले नेपालगन्ज जलमग्न

नेपालगन्ज । तीन दिनदेखिको अविरल वर्षाले नेपालगन्ज उपमहानगरपालिका जलमग्न भएको छ ।

निरन्तर परिरहेको वर्षाले नेपालगञ्ज उपमहानगरपालिकाको न्युरोड, सेतु विक चोक, बेलासपुर, कोरियनपुर, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर, रामलिला मैदान, बाँकेगाउँ लगायतका स्थान जलमग्न भएको जिल्ला आपतकालीन कार्यसंचालन केन्द्र बाँकेले जनाएको छ । केही घरमा पानी पसेको छ ।

Advertisement:

Ad
Ad

ठाउँ ठाउँमा पानी जमेपछि पैदलयात्रीलाई आवतजावतमा समस्या भएको छ ।  विद्यालय परिसरमा पानी जमेपछि केही विद्यालयहरूको पठनपाठन समेत प्रभावित भएको छ ।

यसैगरी निरन्तरको वर्षाले राप्ती नदीमा पानीको सतह फेरि बढ्ने जोखिम कायमै रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जिल्ला आपतकालीन कार्यसंचालन केन्द्रले आग्रह गरेको छ ।

गएराति ८ मिटर नाघेको राप्तीको पानीको सतह आज बिहान भने केही घटेको छ । राप्तीमा पानीको सतह ७.८ मिटर माथि पुगे खतरा मानिन्छ ।