लगातार घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२०८१ जेठ ११ गते

लगातार घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनका भाउ शुक्रबार पनि घटेको छ। शुक्रबार सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले घटेको छ ।

Advertisement:

Ad
Ad

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३६ हजार ९०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला  १ लाख ३८ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । पछिल्लेा समय निरन्तर बढ्दो क्रममा रहेको सुनको भाउ पछिल्ला दुई दिनदेखि भने घट्न थालेको छ ।

यस्तै शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर प्रतितोला १ हजार ८५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी  प्रतितोला  १ हजार ८६५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।