कुलमान घिसिङले लगातार लाइन काट्न थालेपछि उद्योगीहरु एकजुट

२०८० पुस १५ गते

कुलमान घिसिङले लगातार लाइन काट्न थालेपछि उद्योगीहरु एकजुट

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्णय विरुद्ध उद्योगीहरु एकजुट भएका छन् । घिसिङको निर्देशनमा प्राधिकरणले केहीदिन यता लगातार उद्योगहरुको विद्युत लाइन काटिरहेको छ । डेडिकेटेड र ट्रंकलाइन विवादमा प्राधिकरणले लगातार लाइन काट्न थालेपछि उद्योगीहरु एकजुट बनेका छन् ।

डेडिकेटेड र ट्रंकलाइन प्रभावित उद्योगीहरू आफ्नो धारणा सार्वजनिक गर्न भन्दै आइतबार काठमाडौंमा पत्रकारसम्मेलन गर्दैछन् । १२ बजे एभरेष्ट होटलमा पत्रकार सम्मेलन गरेर उद्योगीहरुले आफ्नो धारणा सार्वजनिक गर्ने भएका हुन् । यसको अगुवाई नेपाल उद्योग परिसंघले लिएको छ ।

Advertisement:

Ad
Ad