क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

२०८० पुस १३ गते

क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा दोषी ठहर

काठमाडौँ  । काठमाडौं जिल्ला अदालतले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेको छ । शुक्रबार सो मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा पीडित र पीडक दुवैतर्फका वकिलहरुले बहस सकेपछि दोषी ठहर गरेको हो ।

सरकारी वकिल र पीडितका वकिलले बहस गरिसकेपछि आरोपित लामिछानेको पक्षका कानुन व्यवसायीले बहस गरेका थिए । त्यसपछि जवाफी बहस भएको थियो ।त्यसक्रममा पीडित गौशाला २६ ले समेत आफ्ना कुरा राखेकी थिइन् । उनले कुरा राखेपछि न्यायाधीश ढकाल दोषी ठहर गरेका हुन् । उनको सजाय निर्धारण पछि हुनेछ ।

Advertisement:

Ad
Ad