कविता-"सम्वन्ध"

२०८० माघ १३ गते

कविता-"सम्वन्ध"

सम्वन्ध                                   

अनगिन्ती सम्वन्धहरूलाई

Advertisement:

Ad
Ad

सागरको आयतनभन्दा

अझै फराकिलो बनाउने लालचमा

मायाँ, ममता अनि प्रेमको गम्सा थापेर

जीवनभर ऊ

सम्वन्ध बिस्तारको राजमार्गमा

निरन्तर दौडिरह्यो, दौडिरह्यो ।

 

सम्वन्धहरूको विविध श्रृङ्खलाहरू

थपिँदै, गाँसिदै अनि झ्याङ्गिदै गए

तिनका अत्यधिक सङ्ख्याबाट

ऊ पुलकित मात्र भएन

धरा विजयको प्रज्वलित मुद्रामा

खुसीको भेलमा पौडदै गयो

अनन्त आनन्द थुपाऱ्यो ।

 

अफसोच !

त्यही सम्वन्धहरूको बीचबाट

परम पतिभक्त मानिएकी

आफ्नै श्रीमतीलाई

भट्टी पसलेको टेवलछेउ

दिल्लगी र रोमान्समा मात्र हैन

अङ्ग प्रत्यङ्गहरूको

लिलाम बडाबडमा उद्यत भेट्यो ।

 

तव

सम्वन्धहरूका इतिहास र वर्तमानले

उपहास गरेजस्तो लाग्यो

अनि मनको भित्तामा

कहिल्यै नमेटिने

एउटा शिलालेख उस्ले कुँद्यो

“जीवनमा सम्वन्धहरूका

संङ्ख्या बृद्धिमा ध्यान नदेउ

भएका सम्वन्धहरूमा

जीवन खोजी हेर ।

#####

गोरखा बजार हाल- म्याडिसन, अमेरिका।