कर्णाली नदीमा खस्यो यात्रुवाहक गाडी

२०८३ असार १८ गते

कर्णाली नदीमा खस्यो यात्रुवाहक गाडी

काठमाडौं । सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुबाहक गाडी कर्णाली नदीमा खसेको छ। गाडी ४ सय मिटर तल कर्णाली नदीमा खसेको हो । 


दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका  ७ मा रहेको  कर्णाली नदीमा खसेको  क.प्र.०२–००१ ख १०५५ नम्बरको यात्रुबाहक गाडीका कति जना सवार थिए भन्ने बारे एकिन विवरण आइसकेको छैन ।  बिहान साढे ११ बजेतिर कर्णाली राजमार्गबाट यात्रुबाहक गाडी खसेको थियो। 

Advertisement:

Ad
Ad

 

भीरमा अड्किएका एक जनाको उद्धार गएिको छ । उद्धारका लागि घटनास्थलमा ३५ जना प्रहरी खटिएका छन्।