कांग्रेस-एमालेले टुंगाए मन्त्रीहरुको नाम, विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित

२०८१ असार ३१ गते

कांग्रेस-एमालेले टुंगाए मन्त्रीहरुको नाम, विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित

काठमाडौँ। एमालेले अध्यक्ष केपि शर्मा ओलि नेतृत्वको सरकारमा जाने मन्त्रीहरुको नाम टुंगाएको छ। एमालेले अर्थसहित ८ मन्त्रीको नाम टुङगो लगाएको हो।

Advertisement:

Ad
Ad

एमालेका एक नेताका अनुसार एमालेका उपाध्यक्ष विष्णु पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री बन्दैछन भने, पृथ्वीसुब्बा गुरुङ सञ्चारमन्त्री बन्ने भएका छन्।

यसैगरी भौतिक पूर्वाधार तथा यातायामन्त्रीमा देवेन्द्र दाहाल र उद्योगमन्त्रीमा दामोदर भण्डारीको नाम छ। बलराम अधिकारी भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री र मानवीर राई रक्षामन्त्री, विद्या भट्टराई शिक्षामन्त्री बन्ने भएका छन्। यसैगरी राजकुमार गुप्ता पनि मन्त्री बन्ने भएका छन्।

नेपाली काँग्रेसले पनि प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा आफ्ना तर्फबाट पठाउने मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ । प्राप्त जानकारी अनुसार कांग्रेसका तर्फबाट उपप्रधानमन्त्रीसहित प्रकाशमान सिंहले नेतृत्व गर्ने भएका छन् ।

नेताहरू रमेश लेखक गृह, आरजु राणा परराष्ट्र, दिपक खड्का ऊर्जा, ऐनबहादुर शाही बन, अजय चौरसिया कानुन, तेजुलाल चौधरी युवा तथा खेलकुद, बद्री पाण्डे पर्यटन, प्रदीप पौडेल स्वास्थ्य र रामनाथ अधिकारी कृषि मन्त्री हुने छन् ।

अहिले प्रधानमन्त्री ओलीको शपथसँगै नवनियुक्त मन्त्रीहरूको पनि शपथ ग्रहण हुनेछ ।