२०८० पुस १६ गते
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत माइतीघरबाट बानेश्वर निस्कने क्रममा पक्राउ परेका छन् । सो क्रममा अध्यक्ष डा. राउत सहित अरु जनमत पार्टीका नेताहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
जनवरी १ तारिखका दिन धोति दिवस मनाउने भन्दै डा. राउत आफ्ना पार्टीका नेता सहित कार्यकर्ता लिएर निस्किएका थिए । उनलाई पक्राउ गरेर पुलिस क्लबमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीको अनुसार दलबलका साथ अध्यक्ष डा. राउत निषेधित क्षेत्रमा प्रवेश गरेकाले नियन्त्रण गरिएको हो । उनलाई केहीबेरमै छोडिने प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया