२०८० माघ ०८ गते
२०८०।१०।८ जर्मनीबाट,,
घर घरमा दीप जलेर रामको भब्य दरबार सजियो सनातन शंख बजेर जगमग भयो....
जताततै प्रेमको गीत छ नरनारी सव हर्षित भएर सबै दृष्टि एकै राममा हेरि रहेछन् अतृप्त बनेर जगमग भयो....
हर सनातनी गर्व गर्दै छन् आज दिब्य मन्दिर देखेर राममय अलौकिक यात्रा गर्दै छन् प्रभुलाई पाएर जगमग भयो....
हर पुत्रले सिकोस् मर्यादा रामको पथको पाथिक बनेर बैकुण्ठको टुक्रा अयोध्या रामको भक्त बन जमेर
जगमग भयो....
खलानको मान्छे
(साहित्य अनुरागी खलानको मान्छे प्रवासी नेपालीका रुपमा हाल जर्मनीमा कार्यरत छन् । गजल, कविता मार्फत उनले आफ्ना सृजनाहरु पाठकमाझ पस्किँदै आएका छन् ।)
प्रतिक्रिया