इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा राष्ट्रिय शोक, नेपालको झण्डा आधा झुकाइने

२०८० असोज २३ गते

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा राष्ट्रिय शोक, नेपालको झण्डा आधा झुकाइने

काठमाडौँ । सरकारले आज देशभरका सरकारी कार्यालय र विदेशस्थित कूटनीतिक नियोगको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

इजरायलको दक्षिणी क्षेत्र किवुज अलुमिम भन्ने स्थानमा प्यालेस्टाइनको हमास आतङ्कवादी समूहको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि सरकारले आजका लागि राष्ट्रिय शोकको घोषणा गरेको हो ।

Advertisement:

Ad
Ad

मन्त्रिपरिषद् बैठकले मङ्गलवार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको हो, सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले देशभर बिदा दिएको नभई राष्ट्रिय शोकको घोषणा मात्रै भएको स्पष्ट गरिन् ।

सोमबार बसेको मन्त्रिपरिषद्ले आतङ्कवादी समूहको आक्रमणमा परी ज्यान गुमाउने नेपालीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना पनि प्रकट गरेको छ ।

यस्तै मृतकहरूको शव यथाशीघ्र नेपाल ल्याउन आवश्यक पहल गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ । यस्तै मृतकका परिवारलाई राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय पनि भएको शर्माले बताइन् । उक्त रकम अर्थ मन्त्रालयले गृहमार्फत निकासा गर्नेछ।