हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा हुनेछ पहिलो कारोबार?

२०८० पुस २२ गते

हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत, कतिमा हुनेछ पहिलो कारोबार?

काठमाडौँ ।  हिमालयन रि इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ। कम्पनीको १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले कम्पनीको शेयर कारोबारको लागि एचआरएल (HRL) कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ।

Advertisement:

Ad
Ad

सोमबार यही रेञ्जमा रहेर कम्पनीको शेयर कारोबार खुल्ने छ।