२०८१ जेठ १८ गते
काठमाडौँ । हिमालयन बैंक लिमिटेडका ७ जना संस्थापक शेयरधनीले १५ लाख कित्ता बढी शेयर बिक्री गरेर बाहिरिन खोजेका छन् । बैंकका ७ जना संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा रहेको १५ लाख ५१ हजार २५ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेका हुन् ।
शेयर बेचेर बाहिरिन खोज्नेमा सेयरधनी अशोक अग्रवाल छन् । उनले आफ्नो स्वामित्वमा रहेको ३१ हजार ६ सय १५ कित्ता शेयर बिक्री गर्न लागेका छन् । यस्तै सुखबहादुर गुरुङले १३ हजार ९२२ कित्ता, राजेन्द्र भक्त श्रेष्ठ १६ हजार ८ सय १३ कित्ता र हरिहरप्रसाद लामिछानेले १६ हजार १ सय ६ कित्ता शेयर बिक्री गर्न लागेका छन् । जीतकुमार श्रेष्ठले २० हजार ४ सय ८१ कित्ता, काशीराम ढकालले ९ सय ४ कित्ता र प्रभा गोयन्का भीमसरीयाले १४ लाख ५१ हजार १ सय ८४ कित्ता शेयर बिक्री गर्न लागेका छन् ।
यो शेयर खरीदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानुन विभागमा आवश्यक कागजातसहित निवेदन पेस गर्न सक्नेछन् ।
संस्थापक शेयरहरूको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।
तोकिएको समयभित्र संस्थापक शेयरधनीबाट खरीद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।
प्रतिक्रिया