२०८२ वैशाख ३० गते
काठमाडौँ । नेपालमा हुन्डाई सवारी साधनको एक मात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्ट प्रा. लि.ले भरतपुर, चितवनमा नयाँ क्रेटा ईभी सार्वजनिक गर्दै अन्तरक्रिया कार्यक्रम सफलताको साथ आयोजना गरेको छ ।
हुन्डाई नेपालले ग्राहक वर्गलाई प्रर्दान गरिरहेको उच्च गुणस्तरको सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभरमै फैलाएको व्यापक नेटवर्किङले गर्दा उपभोक्ताहरूको मन जित्न सफल बन्दै आज नेपालको अग्रणी अटो ब्रान्डहरू मध्ये एक हुन सफल भएको छ । कम्पनीले नियाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारी साधनप्रति आम मानिसको आशंका मेटाउन सफल भएको दाबी गरेको छ ।
ग्राहकहरूलाई ईभी खरिद गर्दा स्पेयर पार्टस्को उपलब्धता, सेवा शुल्क र दिर्घकालीन ब्रान्ड सपोटको विषयमा शङ्का हुने गरेको देखिन्छ। तर हुन्डाई नेपालले देशमै क्रेटा ईभी पेट्रोल मोडलको निर्माण अघि बढाइसकेको छ । क्रेटा ईभी र क्रेटा आईसीई दुवै मोडेलमा एउटै प्लेटफर्ममा प्रयोग हुने भएकाले अव कुनै पनि समस्या नहुने कम्पनीले स्पष्ट पारेको छ । साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन रिल्याक्स् चार्जिङको नेटवर्क बिस्तार गर्दैछ ।
प्रतिक्रिया